नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने

पाेखरा | माघ २०, २०८०

नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने

पोखरा:    एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते हुदैछ । पोखरा १७ छोेरेपाटनको गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसमा अडिसन हुन लागेको हो ।


गायन क्षेत्रमा रुची भएकाहरु आईडलको अडिसनका लागि पोखरामा भाग लिन सक्ने छन् । १६ देखि ३० वर्षसम्म उमेर समुहका युवाले निःशुल्क रुपमा अडीसनमा सहभागिता जनाउन सक्नेछन् । पुस २१ गते झापाबाट सुरु भएको सिजन ५ को अडिसन पोखरामा हुदाँ यस क्षेत्रका संगितप्रेमीहरु उत्साहित छन् ।


नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् । नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेट फर्म भएको निर्देश सुरेश पौडेले जानकारी दिए । उनले पोखराबाट धेरै प्रतिभाहरु नेपाल आइडलका अघिल्ला सिजनहरुमा आएको भन्दै यस पटक पनि उत्कृष्ट प्रतिभा पोखराबाट आउने बताए ।


नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर हुन् । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा पोखरा कै हुन् । पोखरा अडिसका लागि नेपाल आईडलको ७० जनाको टोली पोखरा आउदै छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्